Main News

३४८ जनामा कोरोना संक्रमण पुष्टि, थप ४ जनाको मृत्यु

हिमालय टिभी
२०७७ माघ ६ गते १६:२२
३४८ जनामा कोरोना संक्रमण पुष्टि, थप ४ जनाको मृत्यु

६ माघ २०७७ काठमाडौं । नेपालमा थप ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६७९९२ पुगेको छ । चार हजार ९५६ जनामा परीक्षण गर्दा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९६९ पुगेको छ ।

नेपालमा थप ४४१ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२२५९ पुगेको छ ।

नेपालमा हाल ३७६४ जना आइसोलेसनमा रहेका छन् भने १९० जना क्वारन्टिनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा सक्रिय संक्रमितको संख्या तीन हजार ७ सय ६४ रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *