Main News

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट तीन जना सांसदद्वारा हस्ताक्षर फिर्ता

हिमालय टिभी
२०७७ माघ ५ गते १८:०९
मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट तीन जना सांसदद्वारा हस्ताक्षर फिर्ता

५ माघ २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउनेमध्येका ३ जना प्रदेश सांसदले हस्ताक्षर फिर्ता लिएका छन् ।

तीनै जना सांसद झापाका हुन् । जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउनु उपयुक्त नठानेको भन्दै हस्ताक्षर फिर्ता लिएको प्रदेशसभाका सचिवलाई लेखेको पत्रमा उल्लेख छ ।

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध नेकपाकै प्रचण्ड–नेपाल समूहका ३७ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । त्यसमध्ये यसअघि कला घले र बसन्तीदेवी यादवले हस्ताक्षर फिर्ता लिएको घोषणा गर्नु भएको थियो ।

थप ३ जनाले हस्ताक्षर फिर्ता लिएपछि अविश्वास प्रस्तावको पक्षमा रहने सांसदको संख्या ३२ जनामा झरेको छ । ९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७ सांसद छन् । त्यसमध्ये नेकपाका ३२ जना विपक्षमा रहँदा र अन्य दलले सहयोग नगरे मुख्यमन्त्री राई अल्पमतमा पर्नुहुनेछ ।

यद्यपि नेकपा संसदीय दलमा भने ओली समूहले बहुमत पुर्‍याउने देखिएको छ । प्रदेश सभाको अधिवेशन पर्सी शुरु हुँदैछ । अधिवेशनमा मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव निर्णयार्थ पेस हुनेछ ।

प्रदेशसभामा असहज अवस्था आउन सक्ने आंकलनसहित सचिवालयले मर्यादापालकको संख्या बढाएको छ । यस्तै सांसद बस्ने कुर्सीलाई उचाल्न नमिल्ने गरी एकआपसमा जोडेर वेल्डिङ गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *