Main News

मौसम सफा हुन अझै केही दिन लाग्ने

हिमालय टिभी
२०७७ माघ ५ गते १३:२४
मौसम सफा हुन अझै केही दिन लाग्ने

५ माघ २०७७ काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नभएकाले देशभरको मौसम सफा हुन अझै केही समय लाग्ने भएको छ ।

बंगलादेश आसपासमा बनेको न्यूनचापीय प्रणालीले हल्का पानी पर्ने सम्भावना रहे पनि यसको प्रभाव नगन्यरुपमा मात्रै रहेकाले देशभरको मौसम सफा हुन अझै समय लाग्ने भएको हो ।

पानी परेपछि मात्रै मौसम सफा हुने भएकाले अझै केही दिन सफा हुने सम्भावना नरहेको मौसमविद्को भनाइ छ । मौसमविद् मञ्जु बासीले तत्काल पानी पर्ने सम्भावना नभएको बताउनुभयो । पानी पर्नका लागि पर्याप्त मात्रामा जलवाष्युक्त हावा प्रवेश हुनुपर्दछ ।

योवर्ष अहिलेसम्म हिउँदे वर्षा हुनसकेको छैन । दिउँसो राम्ररी घाम नलाग्दा तराईको जनजीवन बढी प्रभावित भएको छ । काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा पनि बिहान हुस्सु र दिउँसो तुवाँलो लाग्ने गरेको छ ।

तराईका धेरै ठाउँमा दिउँसो अबेर मात्रै घाम देखिने गरेको छ । तराईमा बाक्लो हुस्सु लागे पनि शीतलहर भने नलागेको मौसमविद् बासीले बताउनुभयो । तत्काल शीतलहर चल्ने सम्भावना नभए पनि चिसो भने बढ्ने मौसमविद्को भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *