Main News

संसद विघटनविरुद्धको रिटमाथि आज पनि संवैधानिक इजलासमा बहस जारी

हिमालय टिभी
२०७७ माघ ५ गते १३:१४
संसद विघटनविरुद्धको रिटमाथि आज पनि संवैधानिक इजलासमा बहस जारी

५ माघ २०७७ काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि आजको सुनुवाइ भइरहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा बहस भइहेको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको १३ वटा मुद्दाको सुनुवाइ नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । अधिवक्ता दिनमणि पोखरेलले बहस शुरु गर्नुभएको छ । संवैधानिक इजलासमा आइतबार बहस नसकिएपछिआज लागि पेशी तोकिएको थियो ।

प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत पूर्ण इजलासमा हुने भन्ने विषय टुंगिएसँगै आइतबारबाट मेरिटमा प्रवेश भएको हो ।

आइतबार भएको बहसमा वरिष्ठ अधिवक्ता भीमार्जुन आचार्य, सुनिल पोखरेल, रिट निवेदक सन्तोष भण्डारी र बद्रीराज भट्टले बहस गर्नुभएको थियो । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसविरुद्ध परेको रिटमाथि पहिलो दिनको सुनुवाइमा भीमार्जुन आचार्यले संसद विघटन हुनै नसक्ने तर्क प्रस्तुत गर्नुभएको थियो ।

पहिलो दिन संसद विघटनसम्बन्धी संविधान सभामा भएको छलफलको रेकर्ड झिकाउन माग भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *