Main News

प्रदेश २ मा बलिदानी दिवस मनाइँदै, आज सार्वजनिक विदा

हिमालय टिभी
२०७७ माघ ५ गते ७:२५
प्रदेश २ मा बलिदानी दिवस मनाइँदै, आज सार्वजनिक विदा

५ माघ २०७७ जनकपुरधाम । प्रदेश २ सरकारले बलिदानी दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

आज बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ ।

मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ ।

बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मनाइँदै आइएको छ । यस वर्ष भने प्रदेश २ का विभिन्न ठाउँमा दिवस मनाइने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *