Main News

तत्कालीन माओवादीका वहिर्गमित लडाकुलाई आफूतिर तान्ने ओलीको यस्तो प्रयास

हिमालय टिभी
२०७७ माघ ४ गते १८:५५
तत्कालीन माओवादीका वहिर्गमित लडाकुलाई आफूतिर तान्ने ओलीको यस्तो प्रयास

४ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन माओवादीका वहिर्गमनमा परेका लडाकुलाई आफूतिर तान्ने प्रयास गर्नुभएको छ ।

अखिल नेपाल महिला संघ केन्द्रीय समितिको दोस्रो बैठकका सहभागी महिला नेतालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पूर्व लडाकूलाई यथोचित व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जनयुद्धमा लागेर आफ्नो जीवन बर्बाद बनाएकालाई पुस्पकमल दाहाल ‘प्रचण्ड’ले कहिल्यै नसम्झिएको र आफ्नै परिवारभित्र हराएको आरोप लगाउनु भयो ।

जनयुद्धलाई कुहिएको फर्सी भन्दै गरेको टिप्पणीका विषयमा पनि प्रधानमन्त्री ओलीले आज स्पष्टिकरण पनि दिनुभयो ।

प्रचण्ड पार्टी कब्जा गर्ने उद्देश्यले नेकपामा आएको र त्यो पूरा नभएका कारण फर्किएको ओलीको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *