Main News

विप्लव समूहका नेता बाँस्कोटालाई सात दिन थुनामा राख्न अनुमति

हिमालय टिभी
२०७७ माघ ४ गते १६:४३
विप्लव समूहका नेता बाँस्कोटालाई सात दिन थुनामा राख्न अनुमति

४ माघ २०७७ काठमाडौं । नेकपा विप्लव समूहका पश्चिम कमाण्ड इञ्चार्ज एवं सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला कञ्चनलाई प्रहरीले एक साता हिरासतमा राखेर अनुसन्धान गर्ने भएको छ ।

जिल्ला अदालत ललितपुरले अनुसन्धानका लागि एक साता हिरासतमा राख्न अनुमति दिएको हो । महानगरीय प्रहरी परिसर, ललितपुरकी प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार बाँस्तोलासँगै पक्राउ परेका विवेक कुमाल र रोजन रखालविरुद्ध पनि एक साताकै म्याद थप भएको छ ।

प्रहरीले बास्तोलालाई २ वटा विस्फोट र एउटा चन्दा असुलीको घटनामा संलग्न रहेको आरोपमा अनुसन्धान अघि बढाएको छ ।

नख्खुमा एकजनाको मृत्यु र दुईजना घाइते हुने गरी २०७५ साल फागुनमा भएको बम विष्फोटन र गत चैतमा ललितपुरको थेचेमा भएको विष्फोटनमा उनी संलग्न रहेको प्रहरीको आरोप छ । विप्लव समूहले भने बास्तोलाको पक्राउविरुद्ध आन्दोलनको घोषणा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *