Main News

कोरोनाविरुद्धको चिनियाँ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिने तयारी

हिमालय टिभी
२०७७ माघ ४ गते १२:५१
कोरोनाविरुद्धको चिनियाँ खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिने तयारी

४ माघ २०७७ काठमाडौं । सरकारले चीनको सरकारी कम्पनीद्वारा निर्मित कोभिड–१९ विरुद्धको खोपलाई पनि आपतकालीन प्रयोगका लागि अनुमति दिने तयारी गरेको छ ।

भारतमा निर्मित कोभिसिल्ड खोपलाई शुक्रबार अनुमति दिएको औषधि व्यवस्था विभागले चीनको सिनोफार्मको खोपलाई पनि अनुमति दिने तयारी गरेको हो ।

भारतमा बनेका ‘कोभिसिल्ड’ र ‘कोभ्याक्सिन’ तथा चीनको ‘सिनोफार्म’ ले आपतकालीन प्रयोगका लागि विभागमा निवेदन दिएका थिए ।

आपतकालीन उपयोगको पहिलो अनुमति पाएको २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्न सकिने अक्सफोर्ड–अस्ट्रेजेनेकाको ‘एजेडडी १२२२’ खोपलाई सिरम इन्स्टिच्युट अफ इन्डियाले भारतमा कोभिसिल्डको नाममा उत्पादन गरेर तेस्रो चरणको परीक्षण पूरा गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *