Main News

आफूमाथि प्रधानमन्त्री ओलीले व्यङ्ग्य गरेपछि पूर्वमन्त्री भट्टराईले फर्काए यस्तो जवाफ

हिमालय टिभी
२०७७ माघ ४ गते ९:५१
आफूमाथि प्रधानमन्त्री ओलीले व्यङ्ग्य गरेपछि पूर्वमन्त्री भट्टराईले फर्काए यस्तो जवाफ

४ माघ २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई लक्षित गरेर व्यङ्ग्य गरेपछि प्रचण्ड– नेपाल पक्षका स्थायी कमिटी सदस्य योगेश भट्टराईले जवाफ फर्काउनु भएको छ ।

उहाँले प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै सामाजिक सञ्जाल ट्वीटरमा केटाकेटीको रगत, पसिना र मेहेनतको जगमा खडा भएको व्यवस्थामा नै प्रधानमन्त्री ओलीले कुर्सी पाएको बताउनु भएको छ ।


भट्टराईले प्रधानमन्त्रीको स्तर थाहा पाउँदा खुशी लागेको समेत उल्लेख गर्नु भएको छ ।

हिजो प्रधानमन्त्री तथा नेकपाको ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई बैगुनी केटाको संज्ञा दिनुभएको थियो । भट्टरार्इलाई आफूले अवसर दिएको तर अहिले चटक्कै छाडेर गएको ओलीको भनाइ थियो ।

ओलीले भन्नु भएको थियो, ‘बैगुनी केटाकेटीबारे केही भन्नु छैन, आफू दौडेर गएर केटालाई जिताएर पठाउनुस् मन्त्री बनाएर पठाउछु भनेँ । मन्त्री पनि बनाइयो । एक दिन पुक्क लात्तीले हानेर भाग्यो । को रहेछ भनेर यसो हेरेको त उही केटो पो रहेछ।

भट्टराईबारे ओलीले यसो भनेका थिए

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *