Main News

मौसममा आंशिकदेखि सामान्य बदली रहने

हिमालय टिभी
२०७७ माघ ४ गते ९:०८
मौसममा आंशिकदेखि सामान्य बदली रहने

४ माघ २०७७ काठमाडौं । देशका केही भू–भागमा आजको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद निराजन सापकोटाका अनुसार प्रदेश नम्बर १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ । यसबाहेक देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ । अहिले बिहान प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । देशको विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनुका साथै तराईका धेरै भूभागहरुमा बिहानको समयमा बाक्लो हुस्सु र कुहिरोसमेत लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *