Main News

खोप प्रयोगको अनुमतिसँगै स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी शुरु

हिमालय टिभी
२०७७ माघ ४ गते ७:२९
खोप प्रयोगको अनुमतिसँगै स्वास्थ्यकर्मीलाई तालिम दिने तयारी शुरु

४ माघ २०७७ काठमाडौं । सरकारले नेपालमा कोरोनाविरुद्धको खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिएसँगै खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम दिन तयारी शुरु गरेको जनाएको छ।

स्थानीय, प्रदेश र केन्द्रीय सरकार मातहत रहेका झण्डै १० हजार स्वास्थ्यकर्मीलाई कोरोनाको खोप लगाउनेसम्बन्धी तालिम दिने तयारी गरेको खोप महाशाखाका प्रमुख डा झलक शर्माले बताउनुभयो ।

उहाँका अनुसार एक सातापछि खोप लगाउनका लागि विभिन्न तहका स्वास्थ्यकर्मीलाई तालिम दिन श्रु गरिनेछ। पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, अग्रपङ्तिमा रहेर काम गर्नेहरूलाई खोप दिने सरकारको योजना छ।

दोस्रो चरणमा ७५ वर्ष माथिका वृद्धवृद्धा र दीर्घ रोगीलाई खोप दिइनेछ। अहिले जिल्लाजिल्लाका स्वास्थ्यकर्मीको विवरण राख्न शुरु गरिएको छ। वडावडामा रहेका महिला स्वयंसेविकालाई तालिम दिइने डा शर्माले बताउनुभयो ।

स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीको विवरण पनि सरकारले मागिसकेको छ। सरकारले भारतीय कम्पनीबाट उत्पादित कोभिसिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएपछि खोप लगाउने स्वास्थ्यकर्मीलाई तालिम दिन तयारी सुरु गरिएको हो ।

अनुमति पाएसँगै निजी कम्पनी तथा जिटुजी माध्यमबाट खोप आयात गर्न प्रक्रिया अगाडि बढाउन सहज हुने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *