Main News

जनताको निर्णय सुन्न निर्वाचनमा जाने निर्णय : मन्त्री पौडेल (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ ३ गते १५:१३
जनताको निर्णय सुन्न निर्वाचनमा जाने निर्णय : मन्त्री पौडेल (भिडियोसहित)

३ माघ २०७७ काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जनता सार्वभौमसत्ता भएकाले निर्णय सुन्न सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताउनु भएको छ ।

ललितपुर चेम्बर अफ कमर्सको प्रथम वार्षिक साधारण सभामा अर्थमन्त्री पौडेलले देशले कुनै विषयमा निर्णय गर्न सकेन भने जनतामा जानुपर्ने बताउनुभयो । उहाँले नेपालको संविधानले मध्यावधि निर्वाचनको परिकल्पना र प्रबन्ध गरेको दाबी पनि गर्नुभयो ।

फरक प्रसङमा मन्त्री पौडेलले कोभिड १९ विरुद्धको खोप ल्याउने तयारी गरेको बताउनुभयो । विश्व स्वास्थ्य संगठन लगायतका अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थाले निर्धारण गरेको मापदण्डका आधारमा क्रमिक रुपमा सबै नेपालीलाई निशुल्क रुपमा खोप उपलब्ध गराउने उहाँले बताउनुभयो ।

मन्त्री पौडेलले सरकारले निश्चित आकारको बजेटको प्रवन्ध गरी खोप कोष स्थापना गरेको र यसमा अन्तराष्ट्रिय दातृ निकायले स्वेच्छिक रुपमा सहयोग गर्नसक्ने व्यवस्था गरेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *