Main News

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट हतियारसहित ५ जना पक्राउ

हिमालय टिभी
२०७७ माघ ३ गते १४:४७
शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट हतियारसहित ५ जना पक्राउ

३ माघ २०७७ काठमाडौं । नेपाली सेनाले डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रबाट हतियारसहित ५ जनालाई पक्राउ गरेको छ ।

शे–फोक्सुण्डो निकुञ्ज क्षेत्रअन्तर्गत त्रिपुरासुन्दरी नगरपालिका एघार मुह क्षेत्रबाट निकुञ्ज कार्यालयका प्रतिनिधि र स्थानीय प्रहरीको सहयोगमा अवैध जिवजन्तु तस्करीमा संलग्न ५ जनालाई घरबाटै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा त्रिपुरासुन्दरी– ११ मुहका ४५ वर्षीय मनबहादुर बुढा तथा सोही स्थानका ३७ वर्षका चन्द्र प्रसाद बुढा, वडा नम्बर ७, पहाडाका ४१ वर्षीय सूर्य बहादुर बुढा, ३० वर्षका चन्द्र केसी र २१ वर्षका गोकर्ण बुढा छन् ।

त्यस्तै उनीहरुको साथबाट भरुवा बन्दुक, बारुदको डिब्बा, छर्रा, कस्तुरी मार्ने पासो, बारुद भरिएको चौरी गाईको सिङ्ग र शंकास्पद कस्तुरीको दाँत समेत बरामद गरिएको छ ।

पक्राउ परेकालाई आवश्यक कारवाहीको लागि निकुञ्ज कार्यालयमा बुझाइएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *