Main News

नेपालले आफ्नो भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनः परराष्ट्रमन्त्री ज्ञवाली (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ २ गते १८:४१
नेपालले आफ्नो भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनः परराष्ट्रमन्त्री ज्ञवाली (भिडियोसहित)

२ माघ २०७७ काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने बताउनु भएको छ ।

भारतको नयाँ दिल्लीस्थित हैदरबाद हाउसमा भएको नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछिको पत्रकार सम्मेलनमा ज्ञवालीले नेपालले दुबै छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध चाहेको उल्लेख गर्नुभयो ।

उहाँले दुबै छिमेकीविरुद्ध नेपाली भूमि एकअर्काविरुद्ध प्रयोग गर्न नदिने प्रतिबद्धता जनाउनुभयो ।

एकअर्काविरुद्ध आरोप प्रत्यारोप गर्ने भन्दा पनि संयुक्त संवादबाट नेपाल भारत सीमा विवाद समाधानको उपाय खोज्नुपर्नेमा उहाँको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *