Main News

अब लाइनबाट होइन अनलाइनबाटै सरकारी सेवा : मन्त्री गुरुङ

हिमालय टिभी
२०७७ माघ २ गते १८:१५
अब लाइनबाट होइन अनलाइनबाटै सरकारी सेवा : मन्त्री गुरुङ

२ माघ २०७७ काठमाडौं । सरकारले आफ्नो सेवा छिटोछरितो र प्रभावकारी बनाउन भन्दै नागरिक एप सार्वजनिक गरेको छ ।

सिंहदरबारमा आज पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नागरिक एप शुभारम्भ गर्नुभयो । नेपाल सरकारबाट प्रदान गरिने विभिन्न सेवालाई सरल, पारदर्शी र प्रभावकारी बनाउन एप परीक्षणका रुपमा ल्याइएको हो ।

सरकारको डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत यो महत्वपूर्ण कार्यक्रम भएको मन्त्रालये जनाएको छ । नागरिकले एपबाट प्यान कार्डसम्बन्धीआवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत जानकारी लिन सकिने छ ।

त्यस्तै नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने छ ।

साथै, नागरिक लगानीकोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम र ऋण विवरणहरुको जानकारी लिन सकिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *