Main News

चार न्यायाधीशले प्रधानमन्त्रीसँग गरेको भेटबारे इजलासमै उठ्यो यस्तो प्रश्न

हिमालय टिभी
२०७७ माघ २ गते १६:५३
चार न्यायाधीशले प्रधानमन्त्रीसँग गरेको भेटबारे इजलासमै उठ्यो यस्तो प्रश्न

२ माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला चार जना न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको विषयमा संवैधानिक इजलासमा आज प्रश्न उठेको छ ।

प्रधानमन्त्री ओलीले संवैधानिक इजलासमा समेत रहेका न्यायाधीससहित चार जनालाई भेटेको खबर संचारमाध्यमले सार्वजनिक गरेका थिए ।

संसद विघटनको मुद्दामा सुनुवाइ भइरहेको संवैधानिक इजलासमा सांसद शशी श्रेष्ठले यसबारे प्रश्न उठाउनु भएको छ । रिट निवेदकको तर्फबाट बोल्दै श्रेष्ठले पुस २६ गते न्यायाधीश दिपक कार्की र मीरा खड्काले राति ८ बजेदेखि ९ बजेर १० मिनेटसम्म प्रधानमन्त्री ओलीलाई भेटेको बाहिर आएको बताउनुभयो ।

यस्तै पुस २७ गते न्यायाधीशद्धय हरिकृष्ण कार्की र सपना मल्ल प्रधानले पनि प्रधानमन्त्रीलाई भेटेको समाचार आएको भन्दै श्रेष्ठले यसबाट न्यायालय स्वच्छ र निश्पक्ष होस् भन्ने चाहनामा धक्का पुगेको बताउनुभयो ।

सांसद श्रेष्ठ बोल्दाबोल्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले ‘त्यस्तो कुरा नगर्नुस् भन्दै रोक्नु भएको थियो । तर श्रेष्ठले भने यस्तो भेट आचारसंहिता विपरीत भएको भन्दै भनाइ जारी राख्नुभएको थियो ।

यसअघि चारजना न्यायाधीसले प्रधानमन्त्रीलाई भेटेको भन्दै समाचार बाहिर आएपछि चर्को बहस भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *