Main News

थप २७० जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ माघ २ गते १६:३०
थप २७० जनामा कोरोना संक्रमण पुष्टि

२ माघ २०७७ काठमाडौं । नेपालमा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६६८१६ पुगेको छ ।

कोरोना संक्रमणबाट नेपालमा थप ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९४८ पुगेको छ ।

नेपालमा थप ३९० जना कोरोना संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६०५६७ पुगेको छ । निको भएका संक्रमितहरूको दर ९७।७ प्रतिशत छ ।

क्वारन्टिनमा रहेकाको संख्या २३१ छ भने ४३०१ जना आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

हाल २ सय ३ जना कोरोना संक्रमितको आइसीयु र भेन्टिलेटरमा उपचार भइरहेको छ । जसमध्ये १ सय ६५ जना आइसीयु र ३८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *