Main News

एमसीसीबारे छिटो निर्णय गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी

हिमालय टिभी
२०७७ माघ २ गते १५:०४
एमसीसीबारे छिटो निर्णय गर्नुपर्छ : ऊर्जामन्त्री रायमाझी

२ माघ २०७७ बुटवल । ऊर्जामन्त्री टोपबहादुर रायमाझीले अमेरिकी सहयोग परियोजना एमसीसीका बारेमा तत्काल निर्णय गर्नुपर्ने बताउनुभएको छ ।

बुटवलमा भएको कार्यक्रममा मन्त्री रायमाझीले एमसीसीलाई अस्वीकार गर्ने भए पनि र स्वीकार गर्ने भए पनि छिटो निर्णय गर्नुपर्ने बताउनुभयो ।

आउँदो जेठदेखि ५० मेगावाट र भदौदेखि ५ सय मेगावाट बिजुली खेर जाने भन्दै मन्त्री रायमाझीले बिजुली खपत बढाउन र निर्यातका लागि पहल गरिरहेको बताउनुभयो । उहाँले प्रशारण लाइन निर्माणका लागि सरकारले काम गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *