Main News

निजी स्कूल खोलेर अभिभावकलाई शुल्कको भारी बोकाउन खोजेको आरोप (भिडियोसहित)

हिमालय टिभी
२०७७ माघ २ गते ६:३०
निजी स्कूल खोलेर अभिभावकलाई शुल्कको भारी बोकाउन खोजेको आरोप (भिडियोसहित)

२ माघ २०७७ काठमाडौं । कोरोना महामारीका कारण एक वर्षदेखि बन्द रहेका विद्यालय अब खोल्न थालिएको छ । तर निजी विद्यालयले लिने शुल्कको विषयले भने अभिभावक र र विद्यालय संचालकबीचको सम्बन्ध चिसिएको छ । विद्यालय खोल्ने तयारी गर्दा संचालकले विभिन्न शिर्षकमा शुल्क उठाउन थालिसकेका छन् । अभिभावक मारमा पर्दा सरकार भने लाचार बनेको छ ।

अब भौतिक रुपमा नै आफ्ना छोराछोरी विद्यालय पठाउनुपर्ने भएसँगै अभिभावक स्टेशनरी लगायतका अत्यावस्यक सामग्री किन्न व्यस्त छन् । एक वर्षदेखि अनलाइन कक्षा पढिरहेका छोराछोरी विद्यालय जाने दिन आयो भन्दा उनीहरुमा एकातिर खुसी छ भने अर्कोतिर शुल्कले तनाव पनि दिएको छ ।

विद्यालयहरुले अहिले अनलाइन कक्षाको मात्रै होइन, उपयोग नै नभएका शिर्षकसमेत राखेर धमाधम विल थमाउन लागेका छन् । यसले धेरै अभिभावकमा चिन्ता थपेको छ ।

अधिकांश विद्यालयले बार्षिक फि भन्दै भर्ना रकमसमेत उठाइरहेका छन् । जबकी सरकारले भर्ना शुल्क लिन नपाउने निर्णय गरिसकेको छ । यसरी निजी विद्यालयबाट अनलाइन कक्षाबाहेकका शुल्क पनि समेटेर घरमै विल पठाउँदा अधिकांश अभिभावक चिन्तामा छन् । निजी तथा आवासीय विद्यालयको संगठन प्याब्सनले भने अभिभावकबाट त्यस्ता कुनैपनि अतिरिक्त शुल्क नलिने बताएहेको छ ।

प्याब्सनले यसरी प्रतिबद्धता व्यक्त गरे पनि विद्यालयले भने कार्यान्वयन गरेका छैनन् । अहिले विद्यालयबारे निर्णय गर्ने अधिकार स्थानीय सरकारलाई दिइएको छ ।

सोही अनुसार काठमाडौं उपत्यकामा पनि अब भौतिक रुपमै विद्यार्थी उपस्थित गराएर पढाउने तयारी भइरहेको छ । तर शुल्कका विषयमा स्थानीय सरकारले कुनै निर्णय गरेको छैन । मुलुकभरकै शिक्षा क्षेत्रको ठेक्का लिएर बसेको शिक्षा मन्त्रालय भने यो विषयमा केहि गर्न नसकिने भन्दै लाचारी देखाइरहेको छ ।

मन्त्रिपरिषद् बैठकले माध्यमिक तहसम्मका निजी स्कुलहरुले एक महिनाको आवास बाहेक अरु सबै प्रकारको शुल्क छुट दिनुपर्ने निर्णय गरेको छ ।

यो अवधीमा निजी विद्यालयले पनि विद्यालयका कर्मचारी र सञ्चालकलाई अप्ठ्यारो भएको भन्दै सहयोग गरिदिन सरकारलाई आग्रह गरे । तर सरकारले कसैको कुरा सुनेन । अहिले निजी विद्यालयले यो बीचमा व्यहोरेको घाटा समेत उठाउने गरी अभिभावकको ढाड सेक्न थालेका छन् । सरकार भने रमिते नै बनिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *