Main News

जी न्युजद्वारा नेपालको राष्ट्रियतामाथि गम्भीर आघात पुर्‍याउने सामग्री प्रशारण

हिमालय टिभी
२०७७ पुष २९ गते १४:०४
जी न्युजद्वारा नेपालको राष्ट्रियतामाथि गम्भीर आघात पुर्‍याउने सामग्री प्रशारण

२९ पुस २०७७ काठमाडौं । भारतीय न्युज च्यानल जी न्युजले नेपालको राष्ट्रियतामाथि आघात पुर्‍याउने गरी पुनः आपत्तिजनक रिपोर्ट प्रसारण गरेको छ ।

जी न्युजले विश्वको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने र त्यसको नाम पनि फेर्नुपर्ने भन्दै रिपोर्ट प्रशारण गरेको हो । जी न्युजका प्रधानसम्पादक सुधीर चौधरीले कालापत्थर पुगेर सगरमाथालाई पृष्ठभूमिमा राखेर अब भारतले माउन्ट एभरेष्टमाथि आफ्नो दाबी सारा विश्वका अगाडि राख्नुपर्ने बताएका हुन् ।

उनले सगरमाथाको नाम ‘राधानाथ सिकदर’ राख्नुपर्ने समेत बताएका छन् । चौधरीका अनुसार राधानाथ सिकदरले पहिलोपटक सगरमाथाको उचाइ नापेका थिए ।

त्यसैले सगरमाथाको नाम पनि उनैको नामबाट राख्नुपर्ने चौधरीको आपत्तिजनक अभिव्यक्ति छ । चौधरी तिनै व्यक्ति हुन् जसले केही दिन पहिला बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता लिएका थिए ।

यसअघि जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीचको कपोलकल्पित सम्वादसहित आपत्तिजनक रिपोर्ट बजाएको थियो । त्यसको विरोधमा नेपालका केबल अपरेटरहरुले जीसहितका केही भारतीय च्यानलको प्रसारणमा रोक लगाएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *