Main News

आज देशका केही स्थानमा वर्षाको सम्भावना

हिमालय टिभी
२०७७ पुष २८ गते ९:१०
आज देशका केही स्थानमा वर्षाको सम्भावना

२८ पुस २०७७ काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौं उपत्यकासहित एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको बताएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी प्रदेशमध्ये एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना देखिएको छ ।

सम्भावित स्थानमा काठमाडौं उपत्यका पनि रहेको भन्दै उहाँले उल्लेखित प्रदेशभरमा एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको बताउनुभयो ।

उहाँका अनुसार नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली छैन तर अहिलेको मौसम बदली स्थानीय वायुको प्रभावले भएको हो।

आज तराईका भूभागमा बाक्लो हुस्सु र कुहिरोको सम्भावना छ । देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

रातको समय प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका अन्य भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *