Main News

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

हिमालय टिभी
२०७७ पुष २७ गते ७:३८
आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

२७ पुस २०७७ काठमाडौं। नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको जन्म जयन्तीका आवसरमा आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदैछ ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विक्रम संवत १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे(चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।

तत्कालीन समयमा पृथ्वी नारायण शाहले दिएका उपदेश अहिलेको अवस्थामा पनि उत्तिकै सान्दर्भिक रहेकाले शाहको दूरदर्शिताको कदरका लागि भए पनि दिवस मनाउनुपर्ने इतिहासविद्हरुको भनाइ छ ।

भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ । २०६२ र६३ को जनआन्दोलनबाट लोकतन्त्र आएपछि औपचारिक रुपमा राष्ट्रिय एकता दिवस भने मनाउन छाडिएको छ ।

लोकतन्त्रपछि गठन भएका सरकारले एकता दिवसको बिदा कटौती गरेका छन् । तत्कालिन राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसरमा सरकारी स्तरबाट कुनै पनि कार्यक्रम नभएपनि विभिन्न राजनीतिक दल, तथा राजावादी संघ संस्थाले राष्टिय एकता दिवसको रुपमा आजको दिनलाई मनाउँदै छन् ।

नेपाल एकीकरण गरेका राजा पृथ्वी नारायणको स्मरणमा २००७ साल पछि एकता दिवस मनाउन थालिएको थियो । तर आन्दोलनपछि राष्ट्रिय एकता दिवस खारेज गरिएको छ । केही समयदेखि एकता दिवस मनाउन माग उठेपनि सरकारले कुनै निणय गर्न सकेको छैन ।

आज सिंहदरबारस्थित पृथ्वी नारायणको शालिक,पृथ्वीनारायणको देहान्त भएको नुवाकोटको देवीघाट र जन्मस्थान गोरखामा शाहको स्मरणमा कार्यक्रम हुँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *