Main News

अख्तियारद्वारा ललितपुर नापी प्रमुखसहित १७ जनाविरुद्ध मुद्धा

हिमालय टिभी
२०७७ पुष २६ गते १७:३५
अख्तियारद्वारा ललितपुर नापी प्रमुखसहित १७ जनाविरुद्ध मुद्धा

२६ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको कर्मनासा खोला आसपासको सरकारी जग्गा हाउजिङको नाममा पास गरेको अभियोगमा १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख जैसीसहित नापी अधिकृत बालेश्वर यादव र सर्भेक्षक केशव थापा मगर, मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बाबुराम खनाल, नासु ख्याम नारायण पौडेल, नासु दिनेश न्यौपाने र खरिदार आत्माराम लुईटेलविरुद्ध मुद्दा दायर गरेको हो ।

यसैगरी अख्तियारले यूरो हाउजिङ्ग डेभलपर्स प्रालि, यूरो ल्याण्ड डेभलपर्स प्रालिका संचालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्ण राज श्रेष्ठ, टंक बहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जल मानन्धर तथा काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरू डाक्टर ईश्वरलाल आचार्य, डाक्टर दुर्गामान जोसी र दुर्गेस नन्दिनी भट्टचनविरुद्ध पनि मुद्दा दायर गरेको छ । उनीहरुविरुद्ध जनही २ करोड २ लाख ३३ हजार ६ सय ७१ रुपैयाँ विगो दाबी गरिएको छ ।

उनीहरुले ललितपुर महानगरपालिका वडा नम्बर २८ र २३ मा पर्ने कर्मनासा खोला आसपासको ८ रोपनी १२ आना सार्वजनिक जग्गा हिनामिना गरेको दाबी अख्तियारको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *