Main News

भारतीय सीमा क्षेत्रमा गोली चल्दा एक जना नेपाली घाइते

हिमालय टिभी
२०७७ पुष २१ गते ७:१४
भारतीय सीमा क्षेत्रमा गोली चल्दा एक जना नेपाली घाइते

२१ पुस २०७७ कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको भारतीय सीमाक्षेत्रमा गोली चल्दा एकजना नेपाली घाइते भएका छन् ।

हिजो साँझ गोली चल्दा दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय नरेश सुनार घाइते हुनु भएको हो । भारतीय एसएसबीले चलाएको गोली लागेका सुनारको महाकाली अस्पतालमा उपचार भइरहेको छ ।

सुनारको खुट्टामा गोलीको छर्रा लागेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो । उहाँले घाइतेको अवस्था सामान्य रहेको र सुनारलाई उपचारका लागि महाकाली अस्पतालमा ल्याइएको जानकारी दिनुभयो ।

घ​टना साँझको समयमा भए पनि घाइतेले राति ९ बजे खबर गरेपछि मात्रै त्यसबारे जानकारी पाएको प्रमुख जिल्ला अधिकारी महतोले जानकारी दिनुभयो ।

तर भारतीय सीमा सुरक्षा बल .(एसएबी) ले भने गोली चलेको घटनाप्रति अनविज्ञता जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *