Main News

राष्ट्रपतिविरुद्ध अशोभनीय र अराजक नाराबाजी गर्नेमाथि कारबाही माग (भिडियोसहित)

हिमालय टिभी
२०७७ पुष १९ गते १३:२०
राष्ट्रपतिविरुद्ध अशोभनीय र अराजक नाराबाजी गर्नेमाथि कारबाही माग (भिडियोसहित)

१९ पुस २०७७ काठमाडौं । अखिल नेपाल महिला संघ अनेमसंघले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि अशोभनीय र अराजक नाराबाजी गर्नेमाथि कारबाहीको माग गर्दै गृहमन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ ।

नेकपाको ओली पक्षीय अनेमसंघले गृहमन्त्री रामबहादुर थापालाई बुझाएको ज्ञापनपत्रमा विभिन्न सार्वजनिक कार्यक्रम, भेला, जुलुस तथा सामाजिक सञ्जालबाट राष्ट्रपतिलाई गालि गलौज गर्नेहरुविरुद्ध कारबाही गर्न माग गरेको हो ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले राष्ट्रपतिमाथि अशोभनीय नाराबाजी गर्नेविरुद्ध कारबाहीका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको बताउनुभयो ।

नाराबाजी गर्नेलाई कानूनी कारबाही गरिनुपर्ने अनेमसंघको माग छ । राष्ट्रपतिविरुद्ध अमर्यादित नारा लगाउनेलाई आफूहरुले नछोड्ने चेतावनी महिला संघले दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेसँगै विभिन्न राजनीतिक दलहरु सरकारको कदम असंवैधानिक भन्दै आन्दोलन भैरहेको छ ।

प्रचण्ड नेपाल समूहले पुष १४ गते भएको प्रदर्शनमा राष्ट्रपतिविरुद्ध निकै अशोभनीय नाराबाजी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *