Main News

सभामुख सापकोटाद्वारा प्रधानमन्त्री ओलीले लगाएको आरोपको खण्डन

हिमालय टिभी
२०७७ पुष १८ गते ९:०५
सभामुख सापकोटाद्वारा प्रधानमन्त्री ओलीले लगाएको आरोपको खण्डन

१८ पुस २०७७ काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको आरोपको खण्डन गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले आफूविरुद्ध आएको अविश्वास प्रस्ताव दर्ताको समयलाई लिएर सभामुखको भूमिकामा प्रश्न उठाइरहनु भएको छ ।

सभामुखको सचिवालयको तर्फबाट प्रेस विज्ञ श्रीधर न्यौपानेले जारी गरेको विज्ञप्तिमा तथ्यहरूलाई एकातिर पन्छाएर सभामुखलाई विवादमा तान्ने प्रयास स्वरुप फैलाइएको भ्रममा नपर्न आग्रह गर्नुभएको छ ।

पुस ५ गते ९० जना सांसदले संघीय संसद सचिवालयमा दर्ता गरेको अविश्वासको प्रस्तावका विषयमा प्रधानमन्त्री ओलीले सभामुखबाट आफ्नो मर्यादा कायम नभएको टिप्पणी गर्नु भएको थियो ।

यस्तै ओलीले सभामुखबाट एमसीसी रोक्ने काम भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले हिजो मात्रै सभामुख र सांसद अराजक भएकाले संसद विघटन गरेको बताउनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *