Main News

यस वर्षको एसईई परीक्षाका लागि आवेदन खुलाइयो

हिमालय टिभी
२०७७ पुष १५ गते ८:५८
यस वर्षको एसईई परीक्षाका लागि आवेदन खुलाइयो

१५ पुस २०७७ काठमाडौं । माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईई परीक्षाको आवेदन र रजिष्ट्रेशन फाराम भोलिदेखि खुल्ने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७८ सालमा सञ्चालन हुने एसईईमा समावेश हुन आवेदन फारम भर्नका लागि सूचना निकालेको हो ।

एसईई परीक्षामा समावेश हुन भोलि पुस १६ देखि माघ २१ गतेसम्म आवेदन फारम भर्नुपर्ने बोर्डले जनाएको छ ।

अहिले कक्षा १० मा अध्ययनरत विद्यार्थीले रजिष्ट्रेशनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७५ वा त्यसभन्दा पहिले निम्न माध्यमिक शिक्षा परीक्षा अर्थात् कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपिलगायत सम्बन्धित विद्यालयमा बुझाउनसमेत बोर्डले आग्रह गरेको छ ।

यस्तै माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिकतर्फका विद्यार्थीसमेतलाई फाराम भर्न बोर्डले आग्रह गरेको छ ।

सम्बन्धित विद्यालयले नियमित अध्ययनरत विद्यार्थीको विवरण पछिसम्म पनि फरक नपर्ने गरी प्रमाणित गरी माघ मसान्तभित्र राजश्व शुल्कसहित फाराम शिक्षा विकास तथा समन्वय इकाईमा बुझाइ सक्नुपर्ने छ । आवेदन फारम भर्न प्रति विद्यार्थी पाँच सय रूपैयाँ लाग्नेछ ।रजिष्ट्रेशनका लागि प्रतिविद्यार्थी तीन सय रूपैयाँ लाग्नेछ ।

कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न अन्योलक परिस्थतीकाबीच रजिष्ट्रेशन फाराम र आवेदन फाराम भर्ने समय ढिलो गरी तोकिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *