Main News

सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम खुल्यो

हिमालय टिभी
२०७७ पुष १४ गते १४:५६
सवारी चालक अनुमतिपत्रका लागि अनलाइन फारम खुल्यो

१४ पुस २०७७ काठमाडौं । नौ महिनापछि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि आजदेखि अनलाइन फाराम खुलेको छ ।

कोरोना महामारीको कारण गएको चैतदेखि बन्द भएको अनलाइन फाराम सातवटै प्रदेशमा खुलेको यातायात व्यवस्था विभागका निर्देशक लोकनाथ भुसालले जानकारी दिनुभयो ।

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर लिखित तथा ट्रायल परीक्षा लिने व्यवस्थासहित फारम खुला गरिएको हो । तत्कालका लागि दैनिक कोटा तोकेर आवेदन लिन थालिएको छ भने नियमित परीक्षा लिने तयारी पनि गरिएको छ ।

अहिले मोटरसाइकलमा दैनिक एक सय, स्कुटर र चारपाङ्ग्रे गाडीमा ५०–५० गरी कुल दुई सय जनाले अनलाइन आवेदन दिन पाउने व्यवस्था गरेको पनि निर्देशक भुसालले जानकारी दिनुभयो ।

लामो समयपछि फाराम खुलेकाले आवेदन दिनेको चाप बढेको छ । जसका कारण साइटमा समेत समस्या देखिएको छ ।

काठमाण्डौ उपत्यकामा चारसहित देशभर विभागका १७ कार्यालयबाट अनुमतिपत्र वितरण, नवीकरण हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *