Political Hightlights
प्रधानमन्त्री र देउवाबीचको भेटमा सत्ता साझेदारीबारे छलफल भएको छैन : महत (भिडियोसहित)
२०७७ मंसिर ८ गते १८:१८

८ मंसिर, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटमा सत्ता साझेदारीबारे छलफल नभएको दाबी गर्नुभएको छ ।
तौलिहवामा आज संचारकर्मीसँग उहाँले सत्ता साझेदारी गर्ने अभियानमा कांग्रेस नभएको समेत बताउनुभयो । उहाँले आन्तरिक विवाद आफ्नै बलबुतामा समाधान गर्न नेकपालाई सुझाव पनि दिनुभयो ।
पार्टीको कोभिड १९ अनुगमन समितिका संयोजकसमेत रहेका महतले सरकारले कोरोना नियन्त्रणमा २० अर्ब खर्च भएको बताए पनि नागरिकले राहत नपाएको बताउनुभयो ।
प्रतिक्रिया