Main News

तराईमा धुमधामका साथ मनाइने छठ पर्वअन्तर्गत आज खरना गरिँदै

हिमालय टिभी
२०७७ मंसिर ४ गते ७:२३
तराईमा धुमधामका साथ मनाइने छठ पर्वअन्तर्गत आज खरना गरिँदै

४ मंसिर, २०७७ काठमाडौं। तराई मधेसमा धुमधामका साथमा मनाइने छठ पर्वको दोस्रो दिन आज खरना गरिँदैछ ।

श्रद्धा, निष्ठा र लोकआस्थाको चार दिनको यो पर्वको दोस्रो दिन अर्थात् खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्रमा दर्शन गर्ने चलन रहेको छ ।

माटोको नयाँ चुल्हो र माटोकै भाँडामा सख्खर, दूध र चामलको खीर पकाइ केराको पातमा राखेर छठी मातालाई चढाएर ब्रतालु र परिवारका अन्य सदस्यले प्रसादको रुपमा खाने गर्छन् ।

आज दिनभरि उपवास बस्ने ब्रतालुले सूर्यास्तपछि चन्द्रमा दर्शन गरेर आज यो विधि सम्पन्न गर्नेछन् ।

यसअघि हिजो नै ब्रतालुले पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि सम्पन्न गरिसकेका छन् । पर्वको मुख्य दिन भोलि षष्टी तिथिका दिन बर्तालुले निराहार व्रत बसेर साँझपख पवित्र जलाशयमा बनाइएको घाटमा स्नान गर्दै सूर्यलाई अर्घ्य दिन्छन् । यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

यसपालि कोभिड–१९ सङ्क्रमणका कारण बर्तालुले घरआँगनमै विधि सम्पन्न गर्ने तयारी गरेका छन् । छठको तयारीका क्रममा मिथिला क्षेत्रमा चहलपहल बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *