आजका लागि बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक पनि स्थगित

२७ कात्तिक, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पाँचौँपटक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमितिको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिनुभएको छ ।
यसअघि आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । पार्टीका उपसभापति विमलेन्द्र निधि र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला होम आइसोलेसनमा रहेका कारण बैठक स्थगित गरेको जनाइएको छ ।
पार्टीभित्रको विवादका कारण डेढ महिनादेखि कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न सकेको छैन ।
विवादका विषयमा आइतबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरूको अनौपचारिक बैठकले विवादमा सैद्धान्तिक सहमति जुटाए पनि केन्द्रीय कार्यसमितिको बैठकका लागि तयारी पूरा नभएपछि बैठक एक दिनलाई सारिएको बताइएको छ ।
प्रतिक्रिया