Main News

नवनियुक्त अर्थमन्त्री पौडेलको पदभार ग्रहणमा सञ्चारकर्मी प्रवेशमा रोक

हिमालय टिभी
२०७७ असोज २९ गते १७:२९
नवनियुक्त अर्थमन्त्री पौडेलको पदभार ग्रहणमा सञ्चारकर्मी प्रवेशमा रोक

२९ असोज, २०७७ काठमाडौं । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलको पदभार ग्रहणमा सञ्चारकर्मी प्रवेशमा रोक लगाइएको छ ।

दिउँसो १२ बजे मन्त्री पौडेलले सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्ने जानकारी पाएपछि पुगेका संचारकर्मीलाई प्रवेश दिइएन ।

शीतलनिवासमा शपथ लिएपछि शहीदलाई माल्र्यापण गर्न कीर्तिपुर पुगेका मन्त्री पौडेल झण्डै डेढ घण्टा ढिलो मन्त्रालय पुग्नुभएको थियो ।

मन्त्रालय प्राङ्गणमा कर्मचारीले स्वागत गरेर मन्त्री पौडेलललाई कार्यकक्षतर्फ लगेका थिए । नवनियुक्त अर्थमन्त्रीको पदभार ग्रहण र कर्मचारीलाई पहिलो ब्रिफ्रिङको समाचार बनाउन झण्डै दुई घण्टा लामो प्रतीक्षामा बसेका सञ्चारकर्मीलाई भने सुरक्षाकर्मीले मूलढोकामै रोकेका थिए ।

माथिको आदेश अनुसार सञ्चारकर्मीलाई प्रवेश नदिइएका सुरक्षाकर्मीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *