कांग्रेसमा असन्तुष्टले लगाएको आरोपको संस्थापन पक्षबाट प्रतिवाद

१५ असोज, २०७७ काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले असन्तुष्टबाट लगाएको आरोपको प्रतिवाद गरेको छ ।
सभापति शेरबहादुर देउवा विधानविपरीत चलेको र नेतृत्व हत्याउन गलत कदम चालेकोले पार्टीमा समस्या आएको असन्तुष्ट पक्षको आरोप गलत भएको संस्थापनको प्रतिक्रिया छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कारण पार्टीमा समस्या आएको देउवा पक्षको दावी छ । पौडेल पक्षले उठाएका सबै विषयको जवाफ दिने सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले बताउनुभयो ।
पार्टीको १४ औं महाधिवेशनलाई लक्षित गरी सभापति देउवाले भटाभट विभाग गठन र मनोनयनलाई जारी राखेपछि पौडेल पक्ष असन्तुष्ट छ ।
पटक(पटकको ध्यानाकर्षणबाट पनि सभापति देउवा नरोकिएपछि पौडेल पक्षले निर्णय खारेजीका लागि संघर्षको कार्यक्रम घोषणा गर्ने चेतावनी दिइसकेको छ ।
१९ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि आफ्नो माग सम्बोधन नभए संघर्षका कार्यक्रम घोषणा गर्ने पौडेल पक्षको तयारी छ ।
प्रतिक्रिया