Political Hightlights
वामदेव गौतमको सपथ ग्रहणमा यस्तो देखियो (फोटो फिचर )
२०७७ असोज १ गते २०:१०

काठमाडौं : राष्ट्रिय सभाका नवनियुक्त सदस्य वामदेव गौतमले शपथ लिनुभएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई सपथ ग्रहण गराउनुभएको हो । लामो रस्साकस्सी र प्रयासपछि गौतम आज राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको थियो ।
सरकारले गत सोमवार सिफारिस गरेपनि राष्ट्रपति विद्यादेवी भण्डारीले आज मात्रै गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्नुभएको थियो । शपथपछि गौतमले आफ्नो कुनै स्वार्थ नरहेको र संविधान अनुसार नै आफू संसदमा छिरेको बताउनुभयो ।
प्रतिक्रिया