सुर्खेतमा २० करोड लगानीमा डेरी उद्योग, किसानले पाए दुधको मूल्य (भिडियोसहित)

२४ भदौ, २०७७, सुर्खेत । सिन्धुुपाल्चोक मेलम्चीका सुमन घोरासैनीसहितको समूहले वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा डेरी उद्योग सञ्चालन गरेको छ ।
करिव २० करोडको लगानीमा सञ्चालन भएको सुर्खेत डेरी उद्योग प्रालिले कर्णाली प्रदेशमा बजार नपाएर थन्किएको दुधलाई उपभोक्ता माझ पुर्याएको छ ।
दैनिक १० हजारदेखि १५ हजार लिटर दूध प्रशोधन गर्ने क्षमतासहित सञ्चालन भएको उद्योगले दहि, दुध, मही, पनिर लगायत ९ वटा दूधजन्य उत्पादन बजारमा पठाएको छ । कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई हेरी सञ्चालनमा आएको उद्योगले उपभोक्ता र किसानका लागि पुलको काम गरेको छ ।
४ वर्षअघि रारा भ्रमणमा निस्केका सुमन घोरासैनीको मन सुर्खेतले लोभ्यायो । अनि व्यावसायिक सम्भाव्यता अध्ययन गरेर सुमनले साथीहरुसँग मिलेर वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा सुर्खेत डेरी उद्योग प्रालि सञ्चालन गरिरहरनु भएको छ । अहिले उद्योगले सिधै किसानसँग सम्पर्क गरी दूध किनेर त्यसलाई बजारमा लैजाने गरेको छ । किसानले सरकारले तोके बमोजिम दूधको मूल्य पाएका छन् ।
दैनिक १० हजारदेखि १५ हजार लिटर दूध प्रशोधन गर्ने क्षमतासहित सञ्चालन भएको उद्योगले दहि, दुध, मही, पनिर लगायत ९ वटा दूधजन्य उत्पादन बजारमा पठाएको छ । कर्णाली प्रदेशको भौगोलिक अवस्थालाई हेरी सञ्चालनमा आएको उद्योगले उपभोक्ता र किसानका लागि पुलको काम गरेको छ ।
हाल कर्णाली प्रदेशमा १० हजार लिटर दुध उत्पादन भइरहेको छ । उद्योगले ५० हजार लिटर प्रशोधन क्षमता राखेको छ । प्रविधिको उच्चतम प्रयोग गरी सञ्चालनमा आएको उद्योगले किसानबाट आएको दूधलाई नियमित प्रशोधन गरेर मात्र उपभोक्तासम्म पर्याउने गरेको छ ।
उद्योगभित्र २० जना र संकलन केन्द्रमा १० जना गरी ३० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । एकातिर किसानको दुधले बजार नपाउने र अर्कोतिर उपभोक्ताले गुणस्तरीय दुुध नपाउने समस्यालाई उद्योगले समाधान गरेको छ ।
करिव २० करोड रुपैयाँको लगानीमा सञ्चालन भएको उद्योगले सुर्खेत, दैलेख, सल्यान लगायतका ग्रामीण किसानले उत्पादन गरेको दूधको बजार बनाइदिएको छ ।
प्रतिक्रिया