आर्थिक
निषेधाज्ञा जारी भएसँगै विद्युत खपत घट्यो
२०७७ भदौ ६ गते १९:०७

६ भदौ, २०७७, काठमाडौं । सरकारले निषेधाज्ञा जारी गरेसँगै विद्युत खपत घटेको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार निषेधाज्ञा सुरु भएपछि दैनिक विद्युत खपत ५० लाख युनिटले घटेको हो ।
निषेधाज्ञाअघि दैनिक २ करोड ८० लाख युनिट विद्युत खपत हुने गरेकोमा निषेधाज्ञापछि २ करोड ३० लाख युनिटमा झरेको प्राधिकणले जनाएको छ ।
निषेधाज्ञापछि ओद्योगिक विद्युत खपत घटेको र त्यसको प्रभाव सम्रग मागमा परेको प्राधिकरणको भनाइ छ ।
कोरोनाको संक्रमण बढ्दै गएपछि विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा लगायतका प्रमुख औद्योगिक क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।
यसले गर्दा प्रमुख औद्योगिक क्षेत्रका उद्योग कलकारखाना बन्द भएका छन् । जसको प्रत्यक्ष असर विद्युत खपतमा समेत परेको हो ।
प्रतिक्रिया