निषेधाज्ञामा पनि काठमाडौं उपत्यकाका बैंकका सीमित खुला रहने

३ भदौं, २०७७ काठमाडौं । निषेधाज्ञाका बाबजुद काठमाडौं उपत्यकामा सीमित संख्यामा बैंकका शाखा खुल्ने भएका छन् ।
सरकारले आज राति १२ बजेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञाका जारी गरेपनि बैंकिङ सेवा नरोकिने भएको हो ।
बैंकर्स संघका अनुसार काठमाडौं उपत्यकामा एक दिनमा एउटा बैंकका ८ वटा शाखा खुल्ला हुनेछन् । जसमा काठमाडौंमा ५, ललितपुरमा २ र भक्तपुरमा एउटा शाखा खुल्ला हुनेछन् ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले नै बैंकका सीमित शाखा खुला राख्न दिने निर्णय गरेको हो । यद्यपी बैंकलाई सीमित कर्मचारी राखेर मात्र सेवा सञ्चालन गर्न भनिएको छ ।
बैठकको सोही निर्णय अनुसार सीमित संख्यामा बैंकिङ शाखा खुल्ला राख्ने निर्णय भएको संघले जनाएको छ । काठमाडौं उपत्यकामा भदौ १० गतेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ ।
प्रतिक्रिया