प्रशिक्षणमा सहभागी हुने फुटबल खेलाडीहरुको कोरोना परीक्षण

२६ सउन, २०७७ काठमाडौं । विश्वकप छनोट र एसियन कप छनोटका लागि प्रशिक्षणमा सहभागी हुने राष्ट्रिय फुटबल टिमका खेलाडीहरुको कोरोना परीक्षण गरिएको छ ।
सोमबार बन्द प्रशिक्षणमा सहभागि हुने ३४ खेलाडीमध्ये ११ जनाको कोरोना परीक्षण गरिएको हो । खेलाडीहरुसँगै पहिलो दिन १ फिजियो, १ प्रशिक्षक र एन्फा होस्टलका १२ स्टाफसहित २५ जनाको परीक्षण गरिएको छ ।
ललितपुरको पाटन अस्पतालमा फिजियो आविश्कार पुडासैनी र प्रशिक्षक किरण श्रेष्ठको पनि परीक्षण गरिएको हो । सोमबार विशाल राई, रंजित धिमाल, मिक्चेन तामाङ, रवी पासवान, दर्शन गुरुङ, विमल राना, दिप कार्की, दिलेन लोक्तान, छिरिङ्ग गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटीको कोरोना परीक्षण गरिएको हो । बाँकी खेलाडी र अफिसियलको पीसीआर मंगलबार गरिने राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्यायले जानकारी दिनुभयो ।
सरकारले लकडाउनलाई खुकुलो बनाएसँगै विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको छ । फिफा विश्वकप २०२२ छनोट अन्तर्गत नेपालले तीन होम खेल दशरथ रंगशालामा खेल्दैछ । तीन खेलमध्ये नेपालले असोज २२ गते चाइनिज ताईपेईसँग र त्यसको ५ दिनपछि अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । समूह ‘बी’ मा रहेको नेपालले छनोटको अन्तिम खेल कात्तिक २७ गते जोर्डनसँग खेल्ने तालिका छ ।
समूह ‘बी’ मा रहेको नेपाल ३ अंकका साथ चौथो स्थानमा छ । नेपालको समूहमा रहेको अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा रहँदा समान १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । अंकविहीन चाइनिज ताइपेई पाँचौं स्थानमा छ ।
छनोट प्रतियोगिताको पहिलो नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो भने दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । तेस्रो खेलमा नेपालले अस्ट्रेलियालाई ५–० र चौथो खेलमा जोर्डनलाई ३–० ले को नतिजा सुम्पिएको थियो ।
प्रतिक्रिया