आर्थिक
सुनको भाउ फेरि बढ्यो, तोलाको १ लाख दुई हजार ५ सयमा कारोबार
२०७७ साउन २२ गते १७:४७

२२ साउन, २०७७ काठमाडौं । सुनको भाउ उकालो लाग्ने क्रम आज पनि जारी छ ।
आज तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख दुई हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा १६ सय रुपैयाँ बढेको सुन आज ११ सय रुपैयाँ महँगो भएको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंश २८ डलरले बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमै भाउ महँगो भएपछि नेपालमा पनि त्यसको प्रभाव परेको हो । यस्तै चाँदी आज तोलामा ५० रुपैयाँ बढेर तोलाको १३ सय ४५ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया