ए डिभिजन क्लबलाई खेल मैदान उपलव्ध गराउने राखेपको घोषणा

१९ साउन, २०७७ काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रमेश सिलवालले खेल मैदान नभएका ‘ए’ डिभिजन क्लबलाई खेल मैदान उपलब्ध गराउने घोषणा गरेका छन ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राखेपका नवनियुक्त पदाधिकारीलाई गरेको सम्मान कार्यक्रममा सिलवालले ‘ए’ डिभिजन क्लबलाई मैदान उपलब्ध गराउने घोषणा गरेका हुन ।
एन्फाले सूचना दिए काठमाडौं उपत्यका भित्र वा नजिकै कुनैपनि ठाउँमा खेल मैदान उपलब्ध गराउने सिलावालको वचन छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले नेपाली फुटबलको व्यवसायीक विकासका लागि सरकारले सहयोग गर्नुपर्ने बताए । लिगलाई तीन महिना भन्दा बढी समय सञ्चालन गर्न र थप व्यवस्थित बनाउन पनि सरकारको लगानी हुनुपर्ने शेर्पाको माग छ ।
लकडाउनका कारण सबै लिग रोकिएका छन् भने अन्तर्राष्ट्रियस्तरमा हुने विभिन्न प्रतियोगितामा समेत खेलाडी जान पाएका छैनन् ।
प्रतिक्रिया