Main News

कालापानी र लिम्पियाधुरामा नेपालीको प्रवेश रोक्न भारतले गरेको आग्रहमा नेपालले दियो यस्तो जवाफ

हिमालय टिभी
२०७७ साउन १४ गते ८:३७
कालापानी र लिम्पियाधुरामा नेपालीको प्रवेश रोक्न भारतले गरेको आग्रहमा नेपालले दियो यस्तो जवाफ

१४ साउन, २०७७ काठमाडौं । दार्चुलाको गुन्जी, कालापानी र लिम्पियाधुरालाई भारतीय क्षेत्र भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न पत्राचार गरेको गरेको भारतीय प्रशासनलाई नेपालले जवाफ पठाएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार सिमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर भारतले दाबी गरेको क्षेत्र नेपालको भएकाले दुःख नदिन भनेको छ । गृह मन्त्रालयको निर्देशनपछि दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले धार्चुलाका जिल्ला अधिकारीलाई जवाफी पत्र लेख्नु भएको हो ।

परराष्ट्र मन्त्रालयसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालय दार्चुलालाई जवाफ लेख्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । पत्रमा भारतले दाबी गरेको भूमि नेपालको भएको प्रस्ट भएकाले नेपालीलाई बाधा–अड्चन नगर्न भनिएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकार पोखरेलका अनुसार पत्रमा ‘नेपाल र ब्रिटिस इन्डिया कम्पनीबीच सन् १८१६ मा सम्पन्न सुगौली सन्धिको धारा ५ तथा त्यस समयमा प्रकाशित नक्साहरू र ऐतिहासिक तथ्य–प्रमाणबाट लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, लिपुलेक, कालापानीलगायत क्षेत्र नेपालको भूभाग रहेको कुरा स्पष्ट पारिएको छ ।

भारतले कालापानी क्षेत्र ५८ वर्षदेखि कब्जा जमाएको छ । नेपालीलाई छाङरुको सीतापुलभन्दा माथि जान अवरोध छ । त्यही क्षेत्रमा नेपालीहरू ‘चोरी–छिपी’ पस्न लागेको भन्दै भारतीय प्रशासनले पत्राचार गरेको छ । के अव नेपालको जवाफ पछि भारतीय रवाफ फेरिएला ?

प्रतिक्रिया

One thought on “कालापानी र लिम्पियाधुरामा नेपालीको प्रवेश रोक्न भारतले गरेको आग्रहमा नेपालले दियो यस्तो जवाफ

  1. त्यो छेत्रमा अझ बरि Boarde post banau.सुरक्षा कर्मी अझ बढी पठा उ ।।।भारत ले हेपेको हो। भारत लाई थाहा छ नेपाल एक मुर्दा हरुको देश हो

Leave a Reply to Rajen subedi Cancel reply

Your email address will not be published. Required fields are marked *