सुनको भाउमा फेरि नयाँ कीर्तिमान, ७ सय बढेर तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार

१३ साउन, २०७७ काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ ।
आज प्रतितोला ७ सय रुपैयाँले बढेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँ पुगेको हो । सोमबार सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
पछिल्ला दिनमा सुन दैनिक जसो बढेर उच्च बिन्दुमा पुग्ने क्रम जारी छ । अन्तर्राष्ट्रियरुपमै सुनको भाउ बढेका कारण त्यसको असर नेपाली बजारमा पनि परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रति औंस १९ सय ४७ डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारका लगानीकर्ता कम जोखिम रहेको भन्दै सुरक्षित लगानीका लागि सुनतर्फ आकर्षित हुँदा सुनको मूल्य बढेकको व्यवसायीहरु बताउँछन् ।
नेपाली बजारमा भने सुनको माग घटेको छ । भाउ बढेको बेलामा सुन किन्ने भन्दा पनि बेच्ने ग्राह
प्रतिक्रिया