Main News

स्थानीय तहमा भ्रष्टाचार बढ्यो, वडाध्यक्षलेसमेत करोड घुस लिन्छन्ः अख्तियार प्रमुख घिमिरे

हिमालय टिभी
२०७७ साउन ११ गते १८:५०
स्थानीय तहमा भ्रष्टाचार बढ्यो, वडाध्यक्षलेसमेत करोड घुस लिन्छन्ः अख्तियार प्रमुख घिमिरे

११ साउन, २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले स्थानीय तहमा भ्रष्टाचार बढेको बताउनुभएको छ ।

संसदको राज्य व्यवस्था समितिमा अख्तियार प्रमुख घिमिरेले स्थानीय तहको काम कारवाहीमाथि प्रश्न उठाउनुभएको हो । एउटा वडाध्यक्षले समेत करोडमा घुस लिने गरेको सूचना आयोगसँग रहेको घिमिरेले जानकारी दिनुभयो ।

प्रमुख आयुक्त घिमिरेले स्थानीय तहका जनप्रनिधिको सम्पत्ति छानबिनमा आयोग सक्रिय रहेको जानकारी दिनुभयो ।

उपभोक्ता समितिले ठेक्का लगाएर काम गराउने प्रवृतिले पनि भ्रष्टाचार बढाएको उहाँले बताउनुभयो । उहाँका अनुसार दाजु वडाध्यक्ष र भाई स्काभेटरको मालिक भएर काम गर्ने प्रवृत्ति छ ।

साना र ठूला मापन नगरी भ्रष्टाचारीलाई कारवाही गर्ने गरिएको उहाँले दावी गर्नुभयो ।

प्रतिक्रिया

3 thoughts on “स्थानीय तहमा भ्रष्टाचार बढ्यो, वडाध्यक्षलेसमेत करोड घुस लिन्छन्ः अख्तियार प्रमुख घिमिरे

  1. The corruption in Nepal is actually getting high it is not in control from bottom level if akhtiyar wants they can control but they will starts from top as per. If wada adhyaksh taken in crore then think about top level. Politics is a safe and good profession in Nepal as per ghimire sir. I think akhtiyar is not independent in Nepal
    So my request is need to be save theirs image.

  2. स्थानीय तहमा भएको भ्रष्टाचारको सृंखला देख्दा स्थानीय जनप्रतिनिधिहरूलाई सब गर्न छुट छ र कारवाहीको कुनै प्रावधान छैन ति जस्तो लाग्छ ! खास गरि गुर्गम जिल्लाहरूमा त ८० प्रतिशत बजेट दुरूपयोग भैराका छन् त्यो पनि खुल्लेआम । त्यस्ता सबै छानविन गरि भ्रटाचारीलाई कानूनको दायरामा ल्याईयोस ।

  3. तल देखि माथि सम्म जुन राज्य मा बिना घुस काम हुदैन त्यहि भ्रष्टाचार को कुरा गर्नुहुन्छ? निगरानी , कानुन , भ्रष्टाचार , राजनीति , क्रपसन सबै लोकतंत्र हो सर

Leave a Reply to Pradip Jwala Cancel reply

Your email address will not be published. Required fields are marked *