सुनिल गिरीको ‘झरी परेको रात’ गीत सार्वजनिक

‘को होला त्यो’ पहिलो गीतबाटै सफलता हात पारेका गायक सुनिल गिरीले झरी परेको रात बोलको गीत नेपाली सांगीतिक बजारमा ल्याएका हुन् ।
बर्षातको मौसम पारी मौसमी वातावरण अनुरुप गिरीले उक्त गीत सार्वजनिक भएको केही दिनमै दर्शक श्रोताले निकै मन पराइसेकेको गीतमा स्वर सुनिल गिरी र डाक्टर त्रिसला गुरुङको रहेको छ ।
शब्द संगीत संगीत संयोजन स्वयं गिरीले गरेका हुन् भने वाद्यवादनतर्फ बाँसुरीमा रत्न बिके, मादलमा पोसन घर्ती गितारमा संजिव बरार्इलीको रहेको छ ।
गीतको म्युजिक भिडियोको छायांकन अनिल के मानन्धर र विवेक विकेको संयुक्तरुपमा गरेका हुन् । दृश्य सम्पादन र रंग संयोजन विवेक बिकेको छ भने ग्राफिक्समा दिपेन राउत, भिडियोको निर्देशन गायक स्वमंले गरेका छन् ।
भिडियोमा गायक गिरी र श्रेया शर्मालाई देख्न सकिन्छ । सुनिल गिरीको यसअघिका गीतहरु को होला त्यो, को होला त्यो–२, को होला त्यो–३, कस्तो यो मन, सोल्टीनी भनि बोलाको, सोल्टीनी, देउराली, देउराली भञ्ज्याङ, कोशेली, घरवाली परदेशी, रोगै पिरती जस्ता गीत बजारमा आइसकेका छन् ।
प्रतिक्रिया