समाज
अपराधिक गतिविधिमा संलग्न भूमिगत समूहका राजेश यादव पक्राउ
२०७७ असार ९ गते १३:४७

९ असार, २०७७ बाँके । हत्या, अपहरण र बम विष्फोटजस्ता जघन्य अपराधिक गतिविधिमा संलग्न सशस्त्र भूमिगत समूह ज्वाला सिंह समूहका बाँके इन्चार्ज राजेश यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
९ वटा जघन्य अपराधमा संलग्न रहेर फरार रहेका बाँकेको वनकट्टीका यादवलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका यादव २०६५ सालदेखि २०७२ सम्म बाँकेमा भएका हत्या, अपहरण र विस्फोटसहितका जघन्य अपराधमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
जिल्ला अदालत बाँकेले उनलाई अपहरण, बम विस्फोटको मुद्दामा ५ बर्ष ६ महिना कैद र ४५ हजार जरिवाना तोकेको छ ।
यस्तै हत्या, अपहरण, हात हतियार तथा खरखजनाका ५ वटा मुद्दा अदालतमा विचाराधिन छन् । यादवको घरबाट बाँके प्रहरीले केही घरेलु हतियार बरामद गरेको जनाएको छ ।
प्रतिक्रिया