समाज
दुर्घटनालाई निम्तो (फोटोफचर)
२०७७ असार ८ गते १६:०२

काठमाडौंको चक्रपथ केही विस्तार भएको छ । यसले सुविधा पनि भएको छ । तर, सुविधासँगै कतिपय स्थानमा जोखिमसमेत बढाएको छ । ललितपुरको ग्वार्को चोकमा विगत केही दिनदेखि पार्किङ गरेर राखेको यो एक्स्काभेटरले ठुलो जोखिम बढाएको छ । यहाँ आएर कुनै पनि सवारी साधन ठोक्किएर दुर्घटना भए जनधनको क्षति हुने निश्चित छ। त्यसैले यसलाई बेलैमा हटाउनु आवश्यक रहेको स्थानीयले माग गरेका छन् । तस्वीरः राजेश श्रेष्ठ/हिमालय टेलिभिजन


प्रतिक्रिया