कुनै सैन्य गठबन्धनसँग जोडिएको सहयोग नेपालले लिँदैनः अध्यक्ष प्रचण्ड

५ असार, २०७७ काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आर्थिक सहायता लिँदा कुनै सैन्य गठबन्धनसँग जोडिएमा त्यस्तो सहयोग नलिने बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुबीच भएको भर्चुअल अन्तरक्रियामा प्रचण्डले नेपालले विशुद्ध आर्थिक र विकास सहयोग मात्रै लिने बताउनुभयो ।
त्यस्तो सहयोग नेपालको संविधानसँग बाँझिने सुरक्षा गठबन्धनसँग जोडिएको भए स्वीकार नगर्ने प्रचण्डले प्रष्ट पार्नुभयो । नेकपाभित्र एमसीसी पारित गर्ने नगर्ने रस्साकस्सी चलिरहँदा जस्ताको तस्तै एमसीसी पारित गर्न नहुने पक्षमा रहेका प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो ।
नेपालले असंलग्न नीतिलाई अंगीकार गर्दै आएकाले मित्रवत् राष्ट्रहरुबाट नेपालको विकासमा दिइने सहयोगले नेपालको सार्वभौम स्वतन्त्रता र असंलग्न नीतिलाई सम्मान गर्ने भए मात्र स्वीकार गरिने प्रचण्डको भनाई छ ।
प्रतिक्रिया