समाज
संविधान संशोधन विधेयक आज राष्ट्रियसभाबाट पनि परित गरिँदै
२०७७ असार ४ गते ७:२६

४ असार, २०७७ काठमाडौं । संघीय संसद राष्ट्रिय सभामा आज नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गरिंदैछ ।
संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा नेपालको नयाँ नक्सासहितको निशान छाप सम्बन्धी संविधान संशोधन विधेयक पारित गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । दफावार छलफल सकिएलगत्तै विधेयक पारित गर्ने कार्यसुची रहेको छ ।
प्रतिनिधि सभाले जेठ ३१ गते नेपालको नयाँ नक्सा समेटीएको निशान छाप सम्बन्धी संविधान सोशोधन प्रस्ताव सर्वसम्मत पारित गरेको थियो ।
प्रतिक्रिया