Political Hightlights
संविधान संशोधनको मतदानमा भाग नलिने सांसदसँग नेकपाले सोध्यो स्पष्टिकरण
२०७७ असार २ गते १६:५०

२ असार, २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनको मतदान प्रक्रियामा उपस्थित नहुने आफ्ना चार सांसदलाई स्पष्टीकरण सोधेको छ ।
गत जेठ ३१ गते नयाँ नक्साअनुसार निशाना छाप परिवर्तन गर्न संविधान संशोधन प्रस्तावमाथि मतदान गर्ने दिन उपस्थित नहुने चार सांसदलाई पाँच दिन भित्र स्पष्टिकरण दिन भनिएको छ ।
प्रमुख सचेतक देवप्रसाद गुरुङले सांसदहरु गोपालबहादुर बम, धनबहादुर बुढा, हरिबोल गजुरेल र शिवकुमार मण्डललाई दलको कार्यालयमै उपस्थित भएर स्पष्टिकरण दिन निर्देशन दिनुभयो ।
प्रतिक्रिया