संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने जसपाको निर्णय

३० जेठ, २०७७ काठमाडौं । प्रतिनिधि सभाबाट भोलि शनिबार नयाँ नक्सा समेटिएको संविधान संशोधन विधेयक पारित गर्ने तयारी छ।
संशोधन हाल्ने समय सकिएकाले शनिबारको बैठकमा संविधान संशोधन पारित गर्ने कार्यसूची तयार भएको संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाको बैठक शनिबार १ बजेका लागि डाकिएको छ।सरकारले नेपालको वास्तविक भूभाग अनुसारको नक्सा निशान छापमा समेट्न संविधानको दोस्रो संशोधन विधेयक ल्याएको हो।सरकारले गत जेठ ७ गते नेपालको नयाँ राजनीतिक नक्सा जारी गरेको थियो। जसमा लिम्पियाधुरा, कालापानी लिपुलेक क्षेत्र समेटिएको छ।
जनता समाजवादी समाजवादी पार्टीकी सांसद सरिता गिरीले मात्र विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्नुभएको छ । त्यो संशोधन विधेयकको मूल मर्म नै खारेजीमा केन्द्रीत छ । गिरिले राष्टहित विपरितको संशोधन दर्ता गरेपछि सर्वत्र विरोध भैरहेको छ ।
प्रतिक्रिया